IME Life

एनआईसी एशिया सेलेक्ट–३० फन्डको इकाई असार १० बाट बिक्री खुला हुने

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एशिया सेलेक्ट– ३० (इन्डेक्स फन्ड) असार १० गते निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ । योजना व्यवस्था एनआईसी एशिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एशिया बैंक रहेको यस फण्डले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ निष्काशन गर्न लागेको हो ।

जसमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्काशन मार्फत बिक्री गरिनेछ । यो सात वर्षे बन्दमुखी योजना हो ।

Prabhu
Crest

यो योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । यस फण्डमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने क्यापीटलले जनाएको छ ।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS