काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुशिल बज्राचार्यले बोनस सहित ५७ लाख ८९ हजार ३२६ रुपैयाँ तलब भत्ता प्राप्त गरेका छन् । उनको एक वर्षको अवधिमा यस्तो सुविधा ८ लाख २२ हजार रुपैयाँ बृद्धि भएको हो । बज्राचार्यले आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता बापत ३७ लाख रुपैयाँ ५१ हजार बुझेका हुन् ।
नियम अनुसार मुनाफाबाट प्राप्त हुने बोनस गणना पछि भने ५७ लाख ८९ हजार रुपैयाँ हाता पारेका हुन् । अघिल्लो आर्थिक वर्षमा उनको बोनस सहित तलब भत्ता तथा अन्य सुविधा बापत ४९ लाख ६६ हजार ७९९ रुपैयाँ प्राप्त गरेका थिए । यस बाहेक पनि उनले सवारी साधन तथा अन्य सविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका उच्च व्यवस्थापनका रहेका कर्मचारीले तलब भत्ता तथा अन्य सुविधा बापत २ करोड ४ लाख रुपैंयाँ बुझेका छन् । उनिहरुले यस बाहेक नियम अनुसार मुनाफाको बोनस पनि प्राप्त गर्छन् । कम्पनीले आज २७ औ वार्षिक साधारणसभा आयोजना गर्दै छ । साधारणसभाले शेयरधनीहरुलाई पनि ३.७५ प्रतिशत अर्थात ४ करोड रुपैयाँ नगद लाभांस र तीन प्रतिशत अर्थात तीन करोड २० लाख रुपैयाँ बोनस शेयर प्रदान वितरण गर्ने प्रस्ताव पारित गर्दै छ ।