IME Life

कुमारी बैंकका ग्राहकले टेलिउपचारको सेवामा १० प्रतिशतसम्म छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक तथा टेलिउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवसायिक सहकार्य गर्ने समझदारी भएको छ । यस सम्झौता अन्तर्गत कुमारी बैंकका ग्राहकले टेलिउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कुमारी बैंकको आधिकारिक एप “कुमारी स्मार्ट” वा कुमारी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिनेछ ।

Prabhu
Crest

टेलिउपचारमा सुरक्षित रूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलिउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैंकका ग्राहकले भौतिक उपस्थिति बिना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

हालसम्म बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS