SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकले ल्यायो ‘अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले दुई वटा अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले कोरोना महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यसहित यस प्रतियोगिता ल्याएको जनाएको छ ।

०७८ जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समय अनलाइन खाता खोल्ने एक जनालाई आईफोन १२ तथा १० जनालाई स्मार्ट वाच र बैंकको अनलाइन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनाले जनही ५० हजार नगद जित्न सक्नेछन् ।

Prabhu
Crest

योजनामा सहभागीले जतिसक्दो कम समय बैंकको वेबसाइटमार्फत खाता खोल्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुन बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ भने एकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सवा मिनेटसम्म देखिने गरी स्क्रिनसट लिनुपर्नेछ ।

बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्नेड पोस्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखेर ५ जना साथीलाई ट्याग गरी उक्त स्क्रिमसट पोस्ट गर्नुपर्ने बैंकले बताएको छ । सहभागीले उक्त पिन्नेड पोस्टलाई आफ्नो टाइमलाइनमा ह्यासट्याग घरबाटै अनलाइन खाता तथा ह्यासट्याग एनआईसी एशिया बैंक उल्लेख गरी सार्वजनिक रूपमा शेयर गर्नुपर्नेछ भने बैंकको फेसबुक पेज र उक्त पिन्नेड पोस्टलाई लाइक गर्नुपर्ने प्रावधान रहेको बैंकले जनाएको छ ।

प्रतियोगिता अवधिभर हरेक साता दुई÷दुई जना तथा छोटो समयमा खाता खोल्ने १० जनालाई छनोट गरी बैंकले प्रत्येकलाई एक÷एक वटा स्मार्ट वाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समय खाता खोल्ने एक जनालाई आईफोन–१२ उपलब्ध गराइने बैंकले बताएको छ ।

भिडियो च्यालेन्जका लागि युटुबमा भिडियो अपलोड गर्ने युट्युबर बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाबारे भिडियो वा भ्लग बनाई प्रतियोगितामा सहभागी हुन सक्नेछन् । भिडियो बनाउँदा बैंकको ‘सहज रूपमा अनलाइन खाता प्रक्रिया’ एवं ‘महामारीका बेला बैंक पुगेर खाता खोल्दाका चुनौती’ बारे सहभागीले प्रस्तुति दिनुपर्नेछ ।

सहभागी भिडियोमध्ये रचनात्मक र न्यूनतम २ हजार पटक हेरिएको भिडियोलाई जनही ५०,००० का दरले नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS