काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ८ हजार २६१ दशमलव ७८ कित्ता शेयर सुचिकृत भएको छ । कम्पनीको उक्त शेयर धितोपत्र सुचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सुचिकृत भएको हो ।
ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट उक्त शेयर सूचीकृत भएको हो । संस्थाले स्पर्स लघुवित्तलाई १ः०.९० को अनुपातमा प्राप्ति गरेको थियो ।