IME Life
Beema Board

ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् ।

त्यस्तै, नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् ।

Prabhu
Crest

उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिचाई मन्त्री तथा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिइएको छ । चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी राज्यमन्त्री,उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS