काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरि मासिक २ हजार रुपैयाँले तबल बढाइएको छ । अन्य सेवा सुविधालाई भने यथावत राखिएको छ । सरकारी कर्मचारीको तलब बढेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तलब बढेको घोषणा गरेका हुन् ।
यस भन्दा अगाडी डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाएका थिए । महंगीभत्ता र पोसाक भत्ता भने यथावत राखेका थिए । विष्णु प्रसाद पौडेलले भने तलब २ हजार रुपैयाँले बढाएका हुन् ।
कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
कसको तलब कति बढ्यो?
प्रथम स्तरको कर्मचारीको तलब मासिक २१ हजार ४ सय ७० रहेकोमा अहिले बढेर २३ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।
द्वितीय स्तरको कर्मचारीको पहिलेको तलब २२ हजार ६ सय ५७ रुपैयाँ रहेकोमा अहिले बढेर २४ हजार ६ सय ५७ रुपैयाँ कायम भएको छ।
तृतीय स्तरका कर्मचारीको पहिलेको तलब २३ हजार ९ सय ८० रुपैयाँ रहेकोमा अहिले बढेर २५ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ।
चौथो स्तरको कर्मचारीको तलब २५ हजार ९ सय ८७ रुपैयाँ रहेकोमा अहिले बढेर २७ हजार ९ सय ८७ रुपैयाँ कायम भएको छ।
पाँचौं स्तरको कर्मचारीको तलब २८ हजार ५ सय ५६ रुपैयाँ रहँदै आएकोमा वृद्धि भई ३० हजार ५ सय ५६ रुपैयाँ कायम भएको छ।
राजपत्र अनंकित द्वितीय तहका कर्मचारीको तलब २८ हजार ४ सय रहँदै आएकोमा बढेर ३० हजार ४ सय रुपैयाँ कायम भएको छ। राजपत्र अनंकित (अमा) तहका कर्मचारीको तलब २९ हजार ५ सय ५१ रुपैयाँ रहँदै आएकोमा वृद्धि भई ३१ हजार ४ सय रुपैयाँ नयाँ तलब कायम भएको छ।
राजपत्र अनंकित प्रथम तहका कर्मचारीको तलब ३० हजार १ सय ९३ रुपैयाँ रहँदै आएकोमा बढेर ३१ हजार एक सय ९३ हजार रुपैयाँ कायम भएको छ ।
राजपत्र अनंकित प्रथम (अमा) तहका कर्मचारीको तलब ३२ हजार ७ सय ९९ रहँदै आएकोमा बढेर ३४ हजार ७ सय ९९ रुपैयाँ नयाँ तलब कायम भएको छ।
राजपत्रांकित तहका कर्मचारी कसको तलब कति?
राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३७ हजार ९ सय ७५ रुपैयाँ रहँदै आएकोमा बढेर ३९ हजार ९ सय ७५ रुपैयाँ नयाँ तलब कायम भएको छ।
राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४२ हजार ३ सय ५७ रुपैयाँ रहँदै आएकोमा बढेर ४४ हजार ३ सय ५७ रुपैयाँ कायम भएको छ।
राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ४९ हजार ३ सय ६५ रुपैयाँ रहँदै आएकोमा बढेर ५१ हजार ३ सय ६५ रुपैयाँ नयाँ तलब कायम भएको छ।
ब. सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५२ हजार ५ सय ८२ रुपैयाँ रहँदै आएकोमा बढेर ५४ हजार ५ सय ८२ रुपैयाँ नयाँ तलब कायम भएको छ।
राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६२ हजार ६ सय ५२ रुपैयाँ रहदै आएकोमा बढेर ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएको छ।
मुख्य सचिव तहका कर्मचारीको तलब ६६ हजार ४ सय ६ रहेको छ । अहिले बढेर ६८ हजार ४ सय ६ रुपैयाँ पुगेको छ।