काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले ३ प्रतिशत बोनश शेयरको समायोजन पछि शेयर मूल्य ७४४ रुपैयाँ कायम भएको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयर मूल्य ७६६ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।