IME Life

बजेट शनिवार चार बजे, लोक रिझाउने बजेट ल्याउने तयारी

SPIL
NIC ASIA

काठमाडौं । सरकारले शनिवार चार बजे आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्ने भएको छ । बजेट भाषण अगाडी भोलि जेठ १४ गते २ बजे आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छ । कोभिड १९ को संक्रमणका कारण आर्थिक सर्वेक्षण भर्चुअल माध्यम मार्फत प्रस्तुत गर्ने तयारी गरेको हो ।

जेठ १५ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटारबाटै साझ ४ बजे प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री पौडेलले अध्यादेशबाट बजेट ल्याउन लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत शनिवार राति राष्ट्रपतिले संसद विघटन गरेकाले बजेट अध्यादेशबाट ल्याउने तयारि गरिएको हो ।

Prabhu
Crest

सरकारले बजेट प्रस्तुत हुने १५ दिन अगाडी नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक संक्रमणका कारण यस वर्ष नीति तथा कार्यक्रम आएन । सरकारले चुनाव घोषणा गरेकाले यस बजेटमा लोक रिझाउने कार्यक्रम प्रस्तुत हुने चर्चा चलिरहेको छ ।

केहि दिन अगाडी प्रधानमन्त्री ओलीले बृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलब सेवा सुविधा बढाउने संकेत दिइसकेका छन् । यसले गर्दा पनि यस पटकको बजेट पपुलर बजेट ल्याएर भोटर बढाउने तर्फ केन्द्रित रहने आकलन गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS