काठमाडौं । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले ३ सय अक्सिजन सिलिन्डर भर्न सहयोग गर्ने भएको छ । पृथ्वी चन्द्र अस्पतालमा बिरामीको चाप बढी भएकाले र अक्सिजनको आवश्यकता पनि बढि भएकाले एक सय थान सिलिन्डरका लागी आर्थिक सहयोग गर्न लागिएको संघले जनाएको छ ।
संघले पृथ्वी चन्द्र जिल्ला अस्पतालका लागि एक सय थान र जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने गरी दुई सय थान सिलिन्डर भर्न आर्थिक सहयोग गर्ने संघले जनाएको छ । बाँकि दुई सय थान प्रशासनको समन्वयमा सुनवल नगरपालिकाले संञ्चालन गरेको कोभिड अस्पताल र अन्य स्थानिय तहका आईसोलेसनका लागि आवश्यकता अनुसार सहयोग गरिने समेत संघले बताएको छ ।