Connect IPS
IME Life

बीमा कम्पनी बन्द गर्ने व्यवस्था कायमै, यस्तो छ जिल्ला प्रशासनको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता बढाएको निषेधाज्ञाको अवधिमा बीमा कम्पनी बन्द गर्ने व्यवस्था कायमै राखेका छन् । अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने निर्णय भएको छ ।

काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने भएको छ ।

Prabhu
Crest

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय, कोभिड – १९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी बैशाख २१ गतेको आदेशका आधारमा जेठ २० गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी निरन्तरता दिने निर्णय गरेका छन् ।

यस्तो छ निर्णय

१. सर्वसाधारणको आवतजावतको हकमा

क, औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने I Morning walk र Evening walk बन्द गर्ने ।

ख. दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने ।

ग. अनिवार्य रुपले मास्कको प्रयोग गर्ने । पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने ।

२. सभा सम्मेलनको हकमा

क, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहरी, नाचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाइने ।

ख. विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।

ग. विवाह वा ब्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाउने ।

घ. पुराजीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने ।

३. अत्यावश्यक कार्यमा सवारी आवागमन जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण

क. मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित बडाको सिफारिश, परिचय सुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।

ख. बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड बा रिपोर्ट कार्डका आधारमा १ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौ बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने ।

ग. सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर डपुटी आवत जावत गर्न पाउने ।

४. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

क, सार्वजनिक एवं निजी सवारी साधन सचालनमा मिति २०७८/०२/१४ गते बिहान १ बजे देखि मिति २०७८/०२/२० गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर रोक लगाउने।

ख. अत्यावश्यक सामग्री बोकेका दुवानीका सवारी साधन, विरामी तथा कुरुवा (१ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन काठमाडौ जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

ग. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार/इन्टरनेट मर्मत, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानी तथा यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी संचालन गर्न पाउने ।

घ, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने साबुन/स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना लगायतका दुवानी तथा यातायातका साधनमा च्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म न्यूनतम संख्यामा संचालन गर्न पाउने ।

ड, अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, विमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने ।

च, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, मन्त्रालयका सचिव र विभागीय प्रमुखको हकमा परिचय पत्रका आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने ।

छ. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैक, इन्टरनेट प्रदायक संस्था र NCELL का सवारी साधनको हकमा बिहान ०९:३० बजे देखि १०:३० बजे सम्म र बेलुका ०५:०० बजे देखि १० बजे सम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउने ।

ज. काठमाडौ जिल्लामा बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र प्रयोग गरी कार्य संचालन गर्ने व्यवस्था मिलाई सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने । यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने ।

झ. बैकका सवारी साधन संचालनको हकमा बढीमा २ वटा सवारी पास जारी गरी सो को विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिने ।

अ. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिने ।

ट. सार्वजनिक तथा निजी विकास निर्माणका कार्य स्थगन गर्ने साथै सामाग्री ढुवानीमा रोक लगाउने ।

५. औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धि पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने।

६. अत्यावश्यक खाद्य सामग्रीको हकमा

क, तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्ने । खाधान्न तथा किराना पसल, डिपार्टमेन्टल स्टोर लगायतका अन्य पसलहरु बन्द गर्ने । तरकारी तथा फलफूलको थोक बजारमा फुटकर बिक्री वितरण नगर्ने । स्थानीय डुवानीका हकमा विहान ९ बजेसम्म मात्र गर्ने ।

ख. तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल/बाटोमा तरकारी तथा फलफूल विकि वितरण गर्न रोक लगाउने।

७. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने। सूचना विभागको प्रेस पास नभएका चारकर्मी/कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको किटानी सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको आधारमा मात्र आवत जावत गर्न सकिने ।

८. कुटनितिक नियोगका निलो प्लेटका सवारी साधनको हकमा परिचय वाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने ।

९. प्रिन्टिङ प्रेसमा काम गर्ने, सुरक्षा सम्बद्ध कर्मचारी तथा औषधी आपूर्ति गर्ने परिचय बाहक व्यक्तिको हकमा सम्बद्ध निकाय तथा आपूर्ति कर्ताको अनुमतिपत्र भए सवारी पास नचाहिने।

१०. फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कबाडी संकलन गर्न रोक लगाउने ।

११. जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायहरुबाट यस अघि जारी गरिएका सम्पूर्ण पासहरु रद्द गर्ने ।

१२. उन्लेखित आदेशको अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्ने । यस सम्बन्धमा मिति २०७८/०२/१० मा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS