IME Life
Beema Board

सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसक्दा आयात गर्नु पर्ने बाध्यता, वैदेशिक लगानी भित्र्याउन सुझाव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसक्दा विदेशबाट सिमेन्ट आयात गर्ने गरेको अध्ययनमा देखिएको छ । नेपाल राष्ट्र बैंकले नेपाल सिमेन्ट उद्योगमा वैदेशिक लगानी आर्थिक सामाजिक प्रभावको अध्ययन अनुसार नेपाली सिमेन्ट उद्योगले आफ्नो क्षमताको ४५.८१ प्रतिशत मात्रै उपयोग हुने गरेको छ ।

अध्ययन अनुसार ५५ सिमेन्ट उद्योगको कुल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक टन रहेको छ भने आन्तरिक बजारमा समिन्टको माग ९० लाख ५० हजार मेन्ट्रिक टन रहेको छ । आन्तरिक रुपमा यि उद्योगहरुबाट ७४ लाख ९० हजार मेन्ट्रिक टन समिन्ट उत्पादन भएको छ भने १५ लाख ६० हजार मेन्ट्रिक टन आयात भएको देखिएको छ । प्रत्यक्ष विदेशी लगानी रहेको उद्योगहरुको औषत क्षमता उपयोग ५४.८१ प्रतिशत रहेको छ भने सरकारी र निजी स्वामित्वका उद्योगहरुको क्रमश ५०.१२ प्रतिशत र ६३.७८ प्रतिशत रहेको छ ।

Prabhu
Crest

अध्ययन अनुसार उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपुर्ति गर्न र आयात कटौती तथा निर्यात प्रवर्द्धन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने देखिएको छ ।

सरकारी र निजी स्वामित्व रहेका उद्योगहरुको तुलनामा प्रत्यक्ष विदेशी लगानी रहेका उद्योगहरुको सञ्चालन र मुनाफा राम्रो रहेको छ । विदेशी लगानीमा स्थापित सिमेन्ट उद्योगहरुको उत्पादन क्षमता उच्च र उत्पादन लगात न्यून छ । मुनुकभित्रै सिमेन्ट उत्पादन बढ्दो क्रममा रहेका कारण केही वर्षदेखि सिमेन्टको आयात घट्दै गइरहेको छ । स्थापित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेमा सिमेन्ट आयातमा थप कटौती आउने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS