IME Life
Beema Board

सिनर्जी पावर कम्पनीको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १३ दशमलव ५५ प्रतिशतले कम हो । गत वर्षको यस अवधिसम्म कम्पनीले ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष विद्युत  विक्रीबाट १६ करोड ८० लाख ४६ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष १५ करोड ४ लाख ८३ हजार मात्र आम्दानी गरेको हो । विद्यत विक्री आम्दानी गत वर्षभन्दा यस वर्ष १० दशमलव ४५ प्रतिशत कम भएको हो ।

Prabhu
Crest

यस कम्पनीले प्रबद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना पूर्ण रुपमा खोलाको पानीमा निर्भर रहने र यस वर्ष हिउँदमा खोलाको जलस्तरमा कमि आएकाले आम्दानी घट्न पुगेको कम्पनीको भनाइ छ ।

कम्पनीको जगेडा कोष रकम पनि ऋणात्मक अवस्थाबाट सुधारिएको छ । गत वर्ष ७ लाख ७७ हजार ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष ६ करोड ३४ लाख ८१ हजार कायम भएको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS