काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले शेयरमा मात्रै २० करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको २५ औ वार्षिक प्रतिवेदन अनुसार २०७७ असार मसान्तसम्ममा २९ वटा कम्पनीको शेयरमा लगानी गरेको देखिन्छ ।
कम्पनीले २० करोड ५१ लाख रुपैयाँ लगानी गर्दा तत्कालिन समयको बजार मूल्य अनुसार २१ करोड ५ लाख रुपैयाँ मात्रै रहेको देखिन्छ । कम्पनीले सबैभन्दा धेरै सोल्टी होटलको शेयरमा लगानी गरेको छ । सोल्टी होटलको शेयरमा एक करोड ९७ लाख रुपैयाँ लगानी गर्दा तत्कालिन बजार मूल्यका आधारमा भने घटेको देखिन्छ । तत्कालिन बजार मूल्य अनुसार उक्त होटलको भ्यालु एक करोड ३४ लाख रुपैयाँमा घटेको छ ।
त्यस्तै एनआईसी एशिया बैंकको शेयरमा १६ लाख ४९ हजार लगानी गर्दा बजार मूल्य बढेर ४३ लाख तीन हजार पुगेको देखिन्छ । सिभिल बैंकको शेयरमा पनि कम्पनीको लगानी सन्तोषजनक देखिदैन । कम्पनीले नविल बैंक, बैंक अफ काठमाडौं, प्राइम बैंक, सानिमा बैंक, रुरल माइक्रोफाइनान्स, माछापुच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा गरिएको लगानीबाट भने राम्रो भ्यालु आर्जन गर्न सकेको छ । कुन
कम्पनीमा कति लगानी