IME Life
Beema Board

२० प्रतिशतले बढ्यो नेपालको वस्तु निर्यात

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ।यस अवधिमा निर्यात २०.२ प्रतिशतले वृद्धि भई ९४ अर्ब ७७ करोड रुपैयाँ र आयात १३ दशमलव १ प्रतिशतले वृद्धि भई रु.११११ अर्ब ४० करोड भएको छ ।

फलस्वरूप, व्यापार घाटा १२.५ प्रतिशतले विस्तार भई १०१६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा चालु खाता घाटामा उल्लेख्य विस्तार भई २०७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।समीक्षा अवधिमा शोधनान्तर रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको छ ।

Prabhu
Crest

२०७७ असार मसान्तको तुलनामा २०७७ चैत मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ०.५ प्रतिशतले अधिमूल्यन भई प्रति अमेरिकी डलर खरिद विनिमय दर रु. ११९.८० कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग १०.२ प्रतिशतले अवमूल्यन भएको थियो ।

नेपाल सरकार, महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७८ जेठ ३ गतेसम्म संघीय सरकारको कुल खर्च रु. ८३० अर्ब ३४ करोड र राजस्व संकलन रु. ७६४ अर्ब ३८ करोड रहेको छ । समीक्षा अवधिसम्म नेपाल सरकारले रु. ११२.५ अर्ब बराबरको आन्तरिक ऋण उठाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS