SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकको मोबाइल एपमार्फत रेमिट्यान्स पठाउने सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी बैंकले सम्पूर्ण बैंकिङ सेवा–सुविधा क्रमशः डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले एनआईसी एशिया मोबैंकमार्फत आन्तरिक रेमिट्यान्स सुविधा ल्याएको छ । यस सेवा अन्तर्गत अब ग्राहकले जुनसुकै स्थान र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रूपमा पठाउन सक्ने बैंकले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एशिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपछि रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरेर रकम पठाउन सकिनेछ ।

Prabhu
Crest

पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउटरका साथै १० हजारभन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोरोना महामारीको समय डिजिटल कारोबार गर्नुपर्ने अवस्थामा ल्याइएको यो सुविधामार्फत रेमिट्यान्स पठाउन सकिने हुँदा ग्राहकलाई बैंक शाखा पुग्नुपर्ने झन्झट हट्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ३५२ शाखा, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS