IME Life
Beema Board

आजदेखि जेठ १८ गतेसम्म कोरोनाको बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्दै रिलायबल नेपाल लाइफ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफले हाल विश्वभर फैलिरहेको कोभिड–१९ (कोरोना संक्रमण) को बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश लिन सक्ने कार्यक्रम संचालन गर्ने भएको छ। कम्पनीले जेठ १ गतदेखि १८ गतेसम्म हेरक मङगलबार र शनिबार बेलुका ८ बजेदेखि ९ बजेसम्म एक घण्टा काठमाडौं मेडिकलका डा. सुभाष पन्तसँग कोरोना भाईरसका बिषयमा प्रत्यक्ष परार्मश लिने कार्यक्रम संचालन गर्ने भएको जनाएको छ ।

कार्यक्रम भ्युचुअल माध्यम जुम आईडी मार्फत हुने कम्पनीले जनाएको छ । कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत पनि प्रत्यक्ष लाइभ हुनेछ । जुममा जोडिन नसकेका व्यक्तिहरुले कम्पनीको आधिकारीक फेसबुक पेज मार्फत पनि आफनो ज्ञिज्ञासा राख्ने सक्ने कम्पनीले बताएको छ ।

Prabhu
Crest

यस कार्यक्रममा कोरोना महामारी रोग सम्बन्धी सावधानी, जोखिम, संक्रमण, नियन्त्रणका उपायहरु, सावधानीका उपायहरु, खानपान लगायतका बिषयहरुमा प्रत्यक्ष सम्पर्क गर्न पाउनेछन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणबाबु लोहनीले यस बिषम परिस्थतीमा सबैसँग अस्पतालसम्म जाने पँहुच नहुने हुँदा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णले लाभ लिन सक्ने हुँदा यस कार्यक्रमको आयोजना गरिएको बताए ।

बैशाख २२ गतेदेखि २८ गतेसम्म आयोजना गरेको कार्यक्रममा आम जनमानिसले समय सापेक्ष यस्तो कार्यक्रमले सबैलाई लाभ भएको प्रतिक्रिया पाएको हुनाले फेरी पनि कार्यक्रमको आयोजना गरेको सिइओ लोहनीले बताए ।

उनले भने ‘यसभन्दा अगाडी आयोजना गरेको कार्यक्रममा स्वदेशबाट मात्र नभई विदेशबाट पनि धेरै क्वरिजहरु आएको हुनाले यो कार्यक्रमले सबैलाई टेवा पुग्नेछ ।” यस कार्यक्रमले सबै मानिसको मन जितेको छ र आगामी दिनमा पनि कम्पनीले यस्तै समय सापेक्षका विभिन्न कार्यक्रम लिएर आउने समेत सिइओ लोहनीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS