IME Life
Beema Board

ब्रोकर र मर्चेन्ट बैंकले तीन जना मात्रै कर्मचारी राख्न पाउने, वर्क फ्रम होम मार्फत सेवा सुचारु गर्न बोर्डको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर, मर्चेन्ट बैंक तथा सम्बद्ध सबै पक्षलाई वर्क फ्रम होम मार्फत सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले सिस्टम सपोर्ट र सूचना प्रविधि सम्बन्धी कार्य वर्क फ्रम होम मार्फत सञ्चालन गर्नु पर्ने भएको हो । सिस्टम संचालनको लागि कार्यालयमा तीन जना भन्दा बढि कर्मचारी खटाउन पाइने छैन ।

गुनासा तथा समस्या समाधानको लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने र थप मोबाइल नम्बरहरु उपलब्ध गराउनु पर्नेछ । स-सान लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवस्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्नु पर्ने छ ।

Prabhu
Crest

जति सक्दो संक्रमणको पहिचान हुन्छ त्यती चाडो उपचारमा सहज हुने हुँदा कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आइसोलेट हुने व्यवस्था गरी परिक्षण गराउने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पुर्ण रुपमा पालना गर्न बोर्डले निर्देशन दिएको छ ।

tSVZDc4RirFBYyLprhJ2zSKdtkHEpvH6ED6HsyJa

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS