IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफामा सामान्य सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस अवधिमा १५ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद नाफा ४ दशमलव ९५ प्रतिशतले बढेको छ ।

कम्पनीको खुद बीमाशुल्क पनि ४३ करोड ४० लाख रुपैयाँबाट ४६ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ दशमलव ३३ प्रतिशतले बढेको छ ।समिक्षा अवधिमा कम्पनीले ८ हजार ४ सय ८७ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रो त्रैमासको अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत ११ करोड ४६ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट २ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।कम्पनीको हालको चुक्त पूँजी १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ७० लाख रुपैयाँ रकम संचित रहेको छ।कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ (बार्षिक) २१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS