IME Life

बीमा कम्पनीले १० जना कर्मचारी राखेर केन्द्रिय कार्यालय मात्रै खोल्न पाउने, पहेलो रङ्गको सवारी पासको सुविधा

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई केन्द्रिय कार्यालय मात्रै खोल्न निर्देशन दिएको हो । केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नु पर्ने भएको छ । हाललाई शाखा कार्यालयको काम पनि केन्द्रिय कार्यालयले गर्नु पर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

हाल काठमाडौ उपत्यकामा नयाँ भेरियण्टको कोभिड-१९ महामारी संक्रमण तीव्र रुपमा बढीरहेको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाडौको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश अनुसार बैंशाख २९ गतेदेखि जेठ १३ गतेसम्मका लागि काठमाडौं जिल्लाभर निषेधाज्ञा जारी भएकोले यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले आफ्नो केन्द्रिय कार्यालय सञ्चालन गर्न र बीमा सेवा निर्वाध रुपले प्रवाह गर्न जनस्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड अबलम्बन गरी बढीमा दश जनासम्म कर्मचारी उपस्थित गराई सुरक्षित रुपले सेवा प्रवाहको व्यवस्था सुनिश्चित गर्न समितिले निर्देशन दिएको छ ।

बीमा सेवा सूचारु गर्नका लागि समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगको सवारी पास उपलब्ध गराइने भएको छ । कम्पनीहरुले यस बाहेकका अन्य कुनै पनि पास आफैले जारी गर्न पाउदैनन्।

शाखा कार्यालयहरु सञ्चालनको हकमा हाललाई शाखा कार्यालयको काम कारवाही पनि केन्द्रबाटै सञ्चालन गर्नु पर्ने भएको छ । कर्मचारी राखी शाखा सञ्चालन गर्न पाइने छैन ।

काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्नु पर्ने छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकोले विधुतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । निषेध आज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विधुतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

जीवन बीमकले अवधि समाप्ति पछिको बीमा रकम विद्युतीय माध्यमबाट बीमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बीमितल विद्युतिय माध्यम मार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अवस्था सामान्य भएपछि यथाशिघ दाबी भुक्तानी गर्नु पर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS