IME Life
Beema Board

बुटवल पावर कम्पनीको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म ४५ करोड ८६ लाख ५३ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षभन्दा कम्पनीको नाफा ४८ दशमलव ८० प्रतिशतले कम हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ८९ करोड ५९ लाख १ हजार खुद नाफा गरेको थियो ।

गत वर्ष ९५ करोड ५७ लाख ४३ हजार सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष ४८ करोड ३४ लाख ४ हजार मात्र गरेको छ । गत वर्षभन्दा ४९ दशमलव ४२ प्रतिशत कम सञ्चालन आम्दानी कम्पनीले गरेको हो ।

Prabhu
Crest

१० प्रतिशत बोनश शेयरमार्फत चुक्ता पूँजी बढाएर २ अर्ब ९५ करोड १३ लाख ६१ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ३ अर्ब ९९ करोड ९१ लाख ८१ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष जगेडा कोष रकम ११ दशमलव ४८ प्रतिशत कम कायम भएको हो ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५४ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS