Connect IPS
IME Life

अजोड इन्स्योरेन्स कम्पनीको बीमा शुल्क आर्जन एक अर्ब २ करोड रुपैयाँ, नाफा ७३ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ७७/ ७८  को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । पछिल्लो समय आएका तीन नयाँ निर्जीवन बीमा कम्पनी र केहि पुराना कम्पनीलाई नै उछिनेर कम्पनीले निर्जीवन बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन सँगै कम्पनीको मुनाफा पनि ७३.८७ प्रतिशतले बढेको छ । कम्पनीले चैत मसान्तसम्ममा ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।

Prabhu
Crest

मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष १२६ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी पनि ७० करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुगेको छ । त्यस्तो बीमा कोष ९३ प्रतिशतले बढेर ९ करोड २९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

खुद बीमा शुल्क आर्जन भने ६१ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिसन बापत १३ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अभिकर्त कमिसन पनि तीन करोड १० लाख खर्च भएको छ । कम्पनीले जारी गरेको पोलिसी संख्या ४९ प्रतिशतले बढेको छ । यसै अवधिमा कम्पनीले एक लाख ५ हजार वटा पोलिसी जारी गरेको छ । ३० करोड रुपैयाँले चुक्ता पूँजी बढ्दा पनि प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर ८ रुपैयाँ थियो । नेटवर्थ ११७ रुपैयाँ छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS