IME Life

प्रभु लाइफको खुद बीमा शुल्क आर्जन दोब्बरले बढ्यो, बीमा कोषमा १ अर्ब ७६ करोड

SPIL
NIC ASIA

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा प्रगति देखिएको छ ।

कम्पनीले यस अवधिसम्ममा कम्पनीले १ अर्ब ०८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११५ प्रतिशतले बढ्यो प्रतिशतले बढी हो ।

Prabhu
Crest

कम्पनीले समिक्षा अवधिमा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिसम्म कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको छ ।

सर्वसाधारणमा आईपीओ जारी गरिसकेको कम्पनीको चुक्ता पूँजी २ अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष १३० प्रतिशत बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कोष रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतले बढेको छ ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले गत वर्षभन्दा ११७ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढी गर्न सफल भएको छ । गतवर्ष यस अवधिसम्म कम्पनीले ५२ करोड १० लाख ९५ हजार रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । १ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीले २०४ जनालाई ५ करोड ३४ लाख १९ हजार कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ जनालाई ४२ लाख २३ हजार रुपैयाँ मात्र कुल दाबी भुक्तानी गरेको थियो ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS