Connect IPS
IME Life

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढ्यो, अन्य सूचक उत्साहजनक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा खुद नाफा ६४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा २८ करोड ५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले यस त्रैमाससम्ममा खुद बीमाशुल्क आर्जन २८ प्रतिशतले बढाएर ९५ करोड २९ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक बर्षको सोहि अवधिम कम्पनीले ७४ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक लाख ३६ हजार ६९६ बीमालेख बिक्रि गरि एक अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।समिक्षा अवधिमा कम्पनीले ८ हजार ३२ बीमा दाबी वापत ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

चैत मसान्तसम्मममा कम्पनीले १० करोड ७७ लाख आम्दानी गरेको छ भने पुनर्बीमा कमिशन वापत २२ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।यस अवधिमा कम्पनीले ८ हजार ३२ बीमा दाबी भुक्तानी गरेको छ भने ६ हजार ५४१ बीमा दाबी भुक्तानी गर्न बाँकि रहेको छ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड ३४ लाख रुपैयाँ रकम संचित रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५६.६३ रुपैयाँ कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS