IME Life
Beema Board

युनियन लाइफको तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते,  स्वतन्त्र विज्ञ संचालकको नियुक्तिअनुमोदन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जेठ ११ गते तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभाबाट स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्ने भएको छ ।

साधारणसभाले संचालक समितिले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षणको प्रतिवेदन वासलात तथा नाफा/नोक्सान हिसाव एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरिने भएको छ ।

Prabhu
Crest

हाल बाहलवाला लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्टस् लाई नै पुनः नियुक्त गर्ने छ । कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

कोभिड १९ को प्रभावका कारण वार्षिक साधारणसभामा उपस्थित हुने शेयरधनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा लिई आउन कम्पनीले अनुरोध गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS