IME Life
Beema Board

मेट लाइफले शुरु गर्यो कोभिड केयर सहायता कार्यक्रम, ३ कार्यदिनमै बीमा भुक्तानी प्रदान गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाल व्याप्त कोभिड–१९ को अवस्थाबाट प्रभावित ग्राहकहरुको सहयोगार्थ मेट लाइफ नेपालले कोभिड केयर सहायता कार्यक्रमको शुरुवात गरेको छ । जस अन्तर्गत कोभिड–१९ का कारण भएको मृत्यु दावीमा ३ कार्यदिन भित्रै द्रुतमार्गी बीमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस अन्तर्गत दावीकर्तालाई बीमा दावीका लागि आवश्यक कागजातहरु अनलाइननै पेश गर्न सक्ने सुविधा दिइएको छ भने लाभार्थीले दावी भुक्तानी तीन कार्यदिन भित्रै सोझै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले अधिक जानकारीकालागि सरल चरणबद्ध निर्देशनहरुको अनुशरण गर्न सक्नेछन् ।

Prabhu
Crest

द्रुतमार्गी दावीका साथै, यस कार्यक्रममा कोभिड लक्षण भएका ग्राहकहरुका लागि ३ वटा निदान केन्द्रहरुसँग घरमै आई पिसिआर परिक्षण प्रदान गर्ने सुविधाको पनि समावेश गरिएको छ । डाँफे केयर मार्फत कोभिड संक्रमित ग्राहक र उनीहरुमा आश्रित परिवारजनहरुको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरहरुद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीहरुलाई आवश्यक औषधी सहयोग समावेश छ ।

यस सुविधाका लागि ग्राहकले केवल ०१–५९७०१६६ मा डायल गरि कलसेन्टरमा सम्पर्क वा [email protected] मा ईमेल गर्न सक्नेछन् वा विस्तृत जानकारीकालागि कम्पनीको वेबसाइट वा फेसबुक पेजमा भ्रमण गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS