Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको नाफा १०० प्रतिशतले बृद्धि, खुद बीमा शुल्क आर्जन ४६ करोड ४६ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले १०० दशमलब ९५ प्रतिशतले मुनाफा बृद्धि गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा ५ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा २ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले तेस्रो त्रैमासिक अवधिमा खुद बीमा शुल्क आर्जन ७६.४६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यहि अवधिमा ४६ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा भने २६ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

कुल बीमा शुल्क आर्जन भने ४६ प्रतिशतले बढेको छ । कम्पनीले १३ करोड ८४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ  । गत वर्षको यहि अवधिम ९ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै खुद दाबी भुक्तानी पनि ५५.२७ प्रतिशतले बढेको छ । कम्पनीले ९ महिनाको अवधिमा तीन करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको यहि अवधिमा कम्पनीले २ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यसै वर्ष सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरे सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुरा गरेको छ । जगेडा कोषमा ७ करोड ५९ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै बीमा कोष ९४ प्रतिशतले बढेर ८ करोड ५७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

कम्पनीले यसै अवधिम पुनर्बीमा कमिसन बापत ८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । विभिन्न क्षेत्रका लगानी गरेर कम्पनीले एक करोड ५३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । गत वर्षको यहि अवधिम ९५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

अभिकर्ता कमिसन बापतको खर्च ५१ प्रतिशतले बढेको छ । यस शिर्षकमा ८८ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ५७ हजार ८२५ वटा पोलिसी बिक्री गरेको छ । नाफामा सुधार भए सँगै ३० करोड रुपैयाँ पूँजी थपिदा पनि प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर ७ रुपैया पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS