IME Life
Beema Board

एनआईसी एशिया क्यापिटलले कमायो ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिसम्म क्यापिटलको समग्र व्यवसायमा उत्साहजनक बृद्धि भएको छ । क्यापिटलले चालू आथिृक वर्षको २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले ५ करोड ४८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ३६.५७ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो ।

हाल क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत तीन वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत दुईवटा बन्दमुखी योजनाहरु “एनआईसी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” तथा एउटा खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ ।

Prabhu
Crest

चौथो १ अर्व बराबरको योजना “एनआईसी एशिया सेलेक्ट–३०” (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ । “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत गरि हाल सम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ । उक्त लाभाशं वितरण पश्चात समेत आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अन्तमा “एनआईसी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १७.८६ र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य १६.५५ तथा पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.०९ कायम गर्न सफल भएको छ ।

क्यापिटलले आर्थिक वर्ष. २०७७/०७८ को तेस्रो त्रैमाससम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु संचालन गरी ४६६ जना ग्राहकहरुबाट १ एक अर्व १५ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ । हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम १ अर्व ५४ करोड भन्दा बढी रहेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा १०५.५४ प्रतिशतले बृद्धि हो ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहुँच सहज र सर्वसुलभ तरिकाबाट पु¥याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३५२ शाखा कार्यालयहरू तथा ७५ वटा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । साथै, पछिल्लो समयमा डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको जनगुनासो बारम्बार आईरहेको हुँदा क्यापिटलले नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाइसकेको छ ।

क्यापिटलले तेस्रो त्रैमाससम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । जसको कारण क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगटन सफल भएको छ । हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने डिआइएस शेयर कारोवार गर्दा डिपिले लिने शुल्कमा क्यास ब्याक अफर अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेका जनाएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को चैत्र मसान्तसम्म ९ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS