काठमाडौं । जीवन बीमा कम्पनीहरुले अवको ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नु पर्ने भएको छ । बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ को अनुच्छेद ४ को बुँदा नम्बर ५ मा भएको व्यवस्थालाई संसोधन गर्दै आर्थिक वर्ष २०७६/७७ मा फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था गरेको हो । यस भन्दा अगाडि यस व्यवस्थामा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने थियो ।
बीमा समितिले आर्थिक २०८१/८२ को बीमाङ्की मूल्याङ्कन प्रतिवेदनमा फ्युचर बोनस रिजर्भ घोषित नयाँ बोनसदरमा कायम गर्नका लागि ५ वर्ष योजना तयार गरी १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन यथासिघ्र पेश गर्न समेत निर्देशन दिएको छ ।
यहि निर्देशिकामा फ्युचर बोनसका लागि १०० प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था थप भए पछि कुनै पनि जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण गर्न सकेका छैनन्। लेखापरिक्षण तयार नपार्दा कुनै पनि जीवन बीमा कम्पनीले साधारणसभा गर्ने छाटकाट छैन ।
समितिको यस्तो निर्देशन सँगै बीमा कम्पनीको बोनसदर ह्वात्तै घट्न सक्ने अवस्था रहदैन । यदि कम्पनीहरुले आफ्नो नियमित बोनसदर टिकाउन चाहे भने केहि हदसम्म सम्भव पनि रहन्छ । यदि बीमा कम्पनीले अहिलेको बोनसदरलाई टिकाइराख्न चाहने हो भने आफ्नो लगानीलाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा प्रयोग गर्न सक्नु पर्छ ।
नेपालमा किन ल्याइयो यस्तो प्रावधान
बीमा कम्पनीहरुले बीमितलाई सबैभन्दा धेरै बोनसदर देखाएर भ्रम फैलाएको भन्दै बीमा समितिले यस्तो प्रावधान ल्याएको हो । कुनै वर्ष प्रति हजार ८० रुपैयाँ र कुनै वर्ष प्रति हजार ४० रुपैयाँ पनि नहुने अवस्थामा बीमित भ्रममा पर्ने गरेका छन् ।
अभिकर्ताले सबैभन्दा ठुलो बोनसदरलाई प्रचार गरेर बीमा गर्दा निश्चित समय पछि बीमितले पाउने रकम सोचे भन्दा धेरै कम हुन्छ । बजारमा बीमा गरेपछि डबल तेब्बर हुन्छ भन्दै पोलिसी बिक्री गरिन्छ । तर बीमितले पाउने रकम बोनसदरका आधारमा तय हुन्छ ।
त्यसैले गर्दा बीमा समितिले बोनसदरमा हुने तिव्र उतारचढावलाई व्यवस्थित गर्न फ्युचर बोनसको व्यवस्था गरेको हो । यस्तो व्यवस्थाले सुरुका केहि वर्षमा बोनसदर घटेको देखिए पनि औषतमा बीमितले पाउने बोनसमा भने स्थायित्व कायम हुने समितिको विश्लेषण छ ।
नयाँ आएका जीवन बीमा कम्पनीहरुको सुरुको वर्षको बोनसदर धेरै राम्रो देखियो तर अर्को वर्षको बोनसदर हेर्यो भने धेरै कम छ । यदि कम्पनीले पहिलो वर्ष फ्युचर बोनसका लागि प्रोभिजनिङ गरेर ६० रुपैयाँको सट्टा ५० रुपैयाँ कायम गरेको भए अर्को वर्ष ५० रुपैयाँमै टिकाउन खासै समस्या हुँदैन थियो । तर कम्पनीले पहिलो वर्ष ६० रुपैयाँ घोषणा गर्दा अर्को वर्ष ३० रुपैयाँमा झार्नु पर्यो । यहि अस्थिरतालाई नियन्त्रण गर्नका लागि पनि फ्युचर बोनसदरको व्यवस्था गरिएको हो ।
यस्तो प्रावधान पछि बीमित तथा अभिकर्ताले जुन किसिमको अपेक्षा गरिरहेका हुन्छन् यो पुरा हुने सम्भावना रहन्छ । नेपालले गत वर्ष कार्यान्वयनमा ल्याएको यस्तो व्यवस्था विश्वका धेरै वटा देशले अभ्यास गरिरहेका छन् । बेलायत, भारत, श्रीलङ्का लगायतले यस्तो नियम कार्यान्वयनमा ल्याएका छन्
यो पनि पढ्नुहोस्
फ्युचर बोनसमा बीमा समिति लचिलो, ५ वर्ष भित्रमा सत प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था
फ्युचर बोनसको व्यवस्थाले बीमा कम्पनीहरुको बोनसदर घट्दै, प्रोभिजनिङमा केहि लचिलो हुन समितिसँग आग्रह