काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले जेठ २ गते आइतबार बाराको सिमरा स्थित होटेल इच्छामा साधारणसभा बोलाएको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने भएको छ । साथै कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने ८ करोड २१ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ प्रतिशतले हुन आउने ४३ लाख २१ हजार ८ सय १८ रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ।
त्यस्तै, सभामा संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुने छ । हाल कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ६० प्रतिशत छ भने सर्वसाधारणको शेयर अनुपात ४० प्रतिशत छ ।