काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा विहान १०ः३० बजे गर्ने जनाएको छ । सभा भौतिक उपस्थितिमा हुने कम्पनीले बताएको छ ।
भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउने समेत कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन ।
सभामा सञ्चालक निर्वाचन गर्ने, गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् ।