IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन झण्डै ९४ अर्ब नजिक, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक तेस्रो त्रैमासिक अवधिसम्ममा ९३ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले ९ महिनाको अवधिमा ८३ लाख ३४ हजार ५ सय ३४ वटा बीमा पोलिसी जारी गरि ९३ अर्ब ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Source :Beema Samiti

समितिको तथ्याङ्क अनुसार चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले यस अवधिसम्ममा १३ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्म ८ अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९१ करोड रुपैयाँ, यूनियन लाइफले ५ अर्ब १६ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ६४ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ३ करोड रुपैयाँ, सूर्या लाइफले ३ अर्ब २७ करोड रुपैयाँ, प्राइम लाइफले ३ अर्ब १० करोड रुपैयाँ, गुँरास लाइफले ३ अर्ब ५ करोड रुपैयाँ र सिटिजन लाइफले २ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले २ अर्ब ३२ करोड रुपैयाँ, ज्योति लाइफले २ अर्ब २८ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ९१ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड रुपैयाँ, सन नेपाल लाइफको १ अर्ब ६८ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ४८ करोड रुपैयाँ, प्रभु लाइफले १ अर्ब १३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS