SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकको खुद नाफा ३ अर्ब माथि, इपीएस कति?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।बैंकले यस त्रैमासको अवधिसम्ममा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ०७ प्रतिशत बढी हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९ दशमलव २३ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ पुगेको छ।

Prabhu
Crest

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १९ पैसा बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७.८२ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष १५.२० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ३६.५५ प्रतिशत र कर्जा ५४.६० प्रतिशत बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS