IME Life
Beema Board

ज्योति लाइफको खुद बीमा शुल्क आर्जन शत प्रतिशतले बढ्दा जीवन बीमा कोष साढे ३ अर्ब माथि,अधिकांश सूचक उत्साहजनक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब २८ करोड ६९ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षभन्दा गत आर्थिक वर्षको सोही  अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन शत प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १४ करोड ३२ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले २ अर्ब २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०० दशमलव ९६ प्रतिशतले बढी हो । यस अवधिमा कम्पनीले ६ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ६० करोड ४ लाख ८७ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ६० दशमलव ५८ प्रतिशतले बढी हो । जीवन बीमा कोषमा ३ अर्ब ४९ करोड ६७ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष १४८ दशमलव ९५ प्रतिशतले बढी हो । त्यसैगरी महा विपत्ती कोषमा ६ करोड ६७ करोड रुपैयाँ रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले १० करोड ११ लाख ५२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ लाख ५९ हजार कुल दाबी भुक्तानी गरेको थियो । गत वर्षभन्दा यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ११ गुणा बढीले हो ।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १२ करोड ७ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ४  दशमलव८८  प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ११ करोड ४१ लाख ४२ हजार खुद नाफा गरेको थियो ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS