SKIP THIS

MLBL
IME Life
Beema Board

अल्पकालिन लगानीकर्ताले आत्तीएर शेयर बेच्दा १६३ अंकको गिरावट, यस्तो छ बजार घट्नुको कारण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोभिड १९ को संक्रमण र यसको प्रभाव दिन दिनै बढ्न थाले सँगै एक सातामा शेयर बजारमा १६३ अंकले घटेको छ । छिमेकी राष्ट्र भारतमा कोभिडले जनजीवन अस्तव्यस्त बनाइरहेको छ । खुला सिमानाको कारण नेपालमा पनि भारतको प्रभाव विस्तारै पर्ने सक्ने भन्दै अल्पकालिन लगानीकर्ताले आत्तीएर शेयर बिक्री गर्दा बजार घटिरहेको छ ।

Prabhu
Crest

तेस्रो त्रैमासिमा कम्पनीहरुको वित्तीय विवरण बढेर आउने र बजार बढेको बेलामा बिक्री गर्ने भन्दै बजार प्रवेश गरेका अल्पकालिन लगानीकर्ताबाट पेनिक सेलिङ हुँदा आइतबार एकै दिन नेप्से सूचक ७५ अंकले घट्यो । सूचिकृत कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये अधिकाम्सको नाफा बढेको छ ।

नाफा बढेकै कम्पनीको शेयर मूल्य घट्न थाले पछि लगानीकर्ताले आत्तीएर शेयर बिक्री गर्न थालेका हुन् । बजार बढेको मौका छोपेर पैसा कमाउने अभिलासाले शेयर खरिद गरेका अल्पकालिन लगानीकर्ताले बिक्री गरेको शेयर संस्थागत लगानीकर्ताले खरिद गरिरहेका छन् ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै पनि समयमा लकडाउन गर्न सक्ने हल्ला चलिरहेको छ । आइतबार काठमाडौं उपत्यका भित्रका जिल्ला प्रशासन कार्यालयले आफ्नो अत्यावस्यक सेवा बाहेक सम्पुर्ण सेवा प्रवाह बन्द गर्ने निर्णय गरेका छन् । तर बजारमा भने जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्र अत्यावस्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्न लागेको भन्दै हल्ला चलेको थियो ।

यस भन्दा अगाडि लकडाउन हुँदा  पनि नेप्से सूचक घटेको थियो ।  गएको वर्ष भन्दा यस वर्षको कोभिड १९ प्रभाव धेरै पर्न सक्ने अनुमान लगाउदै कतिपय लगानीकर्ताहरु शेयर बिक्री गरेर बाहिरिएका छन् ।

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीलाई नियम भन्दा बढि लगानी गरेको भन्दै कारबाही गर्ने जनाएको छ । अहिलेको अवस्थामा अधिकाम्स बीमा कम्पनीहरुले नियम भन्दा बाहिर गएर लगानी गरिरहेका छन् । धेरै थोरै सम्पुर्ण बीमा कम्पनीहरुले नियम भन्दा धेरैको शेयर खरिद गरेका छन् । जनरल इन्स्योरेन्सको घटनालाई नजर अन्दाज लगाउदै कतिपय बीमा कम्पनीहरुले नियम भन्दा बाहिर गएर खरिद गरेको शेयर पछिल्लो समय बिक्री गर्न थालेका छन् । यसै क्रममा बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको शेयर बिक्री गरिरहेका छन् । बीमा कम्पनीहरुले बीमा समितिको लगानी निर्देशिका भन्दा बाहिर गएर खरिद गरेको शेयर बिक्री गर्दा दोस्रो बजारमा सेलिङ प्रेसर बढिरहेको छ ।

अर्को तर्फ राजनीतिक अस्थिरता पनि उत्तीकै छ । नेकपा एमाले भित्रका माधव कुमार नेपाल पक्ष फुट्ने सम्भावना उच्च रहेको र पार्टि फुट पछि सरकार परिवर्तन हुन सक्ने जोखिम पनि उत्तीकै रहने भएकाले यसको असर शेयर बजारमा परेको छ ।

प्रावधिक विश्लेषकहरुले पनि अधिकतम विन्दु २७३५ अंकबाट २५ सय अंक हाराहारीमा झर्ने विश्लेषण गरेका छन् । उनिहरुका अनुसार कोभिड १९ तथा राजनीतिक अस्थिरताको कारणले बजार २५ सय भन्दा पनि तल झर्ने अवस्था रह्यो भने शेयर बजार २३ सय अंकसम्म तल झर्ने विश्लेषण गरेका छन् ।

तर बजार तल झरेको मौका छोपेर संस्थागत लगानीकर्ताहरुले शेयर खरिद गरिरहेकाले बजार धेरै नै तल झर्न नसक्ने विश्लेषकहरु बताउछन् । बैंशाख जेठ असारमा सरकारको बजेट खर्च बढ्ने र बजारमा पैसा जाने हुँदा यस अवधिमा बैंक तथा वित्तीय संस्थामा तरलता विस्तारै बढ्न थाल्छ । अवको केहि समय तरलता बढ्ने भएकाले व्याजदर धेरै नै तल झर्न सक्ने अवस्था रहदैन । व्याजदर नघटे पनि बढ्न नसक्ने अवस्थासम्ममा शेयर बजार बढ्न सक्ने सम्भावना उच्च रहन्छ । तर कोभिड १९ का कारण आम लगानीकर्ता नै त्रसिद भैरहेकाले केहि समय बजारमा सुधार भन्दा पनि गिरावट देखिन सक्ने अर्काथरी विश्लेषकहरु बताउछन् । कोभिड १९ को संक्रमित दिन दिनै बढिरहेको र मृत्युदर पनि गएको वर्षमा भन्दा धेरै देखिएकोले पनि लगानीकर्ताहरु त्रसिद भैरहेका छन् । बाच्यो भने बरु कमाउला त्यस भन्दा अगाडि आफ्नो लगानी सुरक्षित बनाएर पैसा जोहो गर्ने मुडमा लगानीकर्ता छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS