Connect IPS
IME Life

सूर्या लाइफ १४ औ वर्षमा प्रवेश,  ८ लाख भन्दा धेरै बीमा पोलिसी बिक्री सँगै जीवन बीमा कोष ९ अर्ब नघाउन सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ वर्ष पुरा गरि १४ वर्षमा प्रवेश गरेको छ । आज भन्दा ठिक १४ वर्ष अगाडि २५ करोड २० लाख रुपैयाँ पूँजी सहित स्थापना भएको सूर्या लाइफ आजका दिनमा सबैभन्दा प्रतिस्पर्धी जीवन बीमा कम्पनीको रुपमा स्थापित हुन सफल भएको छ ।

कम्पनी स्थापना भएको दुई वर्षमै सर्वसाधारणका लागि चुक्ता पूँजीको ३० प्रतिशत अर्थात २६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न सफल भएको थियो । स्थापनाको चौथो वर्षमा २५ करोड रुपैयाँको जीवन बीमा कोष बनाउन सफल सूर्या लाइफको आजका दिनमा यस कोषमा ९ अर्ब २८ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

Prabhu
Crest

स्थापनाको ५ वर्ष पछि आर्थिक वर्ष २०७८/६९ सम्मको नाफा तथा जगेडा कोषबाट २०७० सालमा शेयरधनीहरुलाई पहिलो पटक १४.२५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस यता आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा बाहेक सम्पर्ण आर्थिक वर्षमा बोनस शेयर तथा नगद लाभांस वितरण गर्दै आएको छ । कम्पनीले स्थापनाकालदेखि अहिलेसम्म बोनस शेयर बापत शेयरधनीहरुलाई ५१ करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ ।

सूर्या लाइफ

बीमा समितिले समय समयमा ल्याएको पूँजी बृद्धि योजना पुरा गर्न बोनस शेयरलाई भन्दा हकप्रद शेयरलाई बढि प्राथमिकता दिदै आएको छ । अहिलेसम्म चार पटक हकप्रद शेयर निष्काशन गरिसकेको छ । चार पटकमा कम्पनीले शेयरधनीहरु सँग एक अर्ब २७ करोड रुपैयाँ पूँजी संकलन गरिसकेको छ ।

२०७१ सालमा कम्पनीले हकप्रद निष्काशन गरेर चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनुका साथै शाखा सञ्जाल ५४ स्थानमा फैलाउन सफल भएको थियो । बीमा समितिले २०७४ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका लागि पूँजी बृद्धि योजना ल्यायो । कम्पनीले ६५ करोड रुपैयाँको पूँजीबाट दुई अर्ब रुपैयाँ पुर्याउनु पर्ने भयो ।

पूँजी बृद्धिले कम्पनीलाई सिनर्जी प्रदान गरेको छ । यस अवधिमा नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक तथा चार्टर्ड एकाउन्टेन्ट शिवनाथ पाण्डे प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्रिए छ । यस अवधिमा कम्पनीले लामो समयसम्म हुन नसकेको लेखापरिक्षण सम्पन्न गरे । पाण्डे गत वर्ष बाहिरिए सँगै विवेक झा शेयरधनीको रुपमा सूर्या लाइफमा भित्रिएका छन् ।

वर्ष २०७६ मा सूर्या लाइफले बीमा शुल्क आर्जन एक अर्ब रुपैयाँ नघाउन सफल भयो । कम्पनीको बढ्दो सफलताका कारण चालु आर्थिक वर्षको ६ महिनाको अवधिमै बीमा शुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँ नाघिसकेको छ । विगत १३ वर्षको अवधिमा कम्पनीका हरेक सूचक बढेका छन्, घटेको छैन ।

चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्दा जगेडा कोषमा ७२ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोष ९ अर्ब २८ करोड रुपैयाँ पुग्दा महाविपत्तीकोषमा १२ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीका  बीमित पाउने बोनस दरमा पनि धेरै ठुलो उचारचढाव छैन । बढ्दो कोष र लगानी व्यवस्थापनका कारण बीमितले राम्रो बोनसदर प्राप्त गरिरहेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को लागि सार्वजनिक गरेको बोनस दर हेर्ने हो भने न्युनतम प्रतिहजार ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म छ । आर्थिक वर्ष २०६८/६९ को बोनसदर हेर्ने हो भने न्युनतम प्रतिहजार २८ रुपैयाँ देखि अधिकम ५० रुपैयाँ थियो । कम्पनीको कोष लगातार बढिरहेकोले अझै आगामी वर्षहरुमा बढ्ने सम्भावना उत्तीकै छ ।

कम्पनीको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव केशव प्रसाद भट्टराई छन् । पाण्डेले राजिनामा दिए पछि कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन छ । प्रमुख कार्यकारी अधिकृतका लागि कम्पनीले आवस्यक प्रकृयाँ अगाडि बढाएको छ ।

कम्पनीले हाल १४ वटा जीवन बीमा पोलिसी बिक्री गरिरहेको छ । आफ्नो सेवा छिटो छरितो बनाउनका लागि सिटिजन चार्टरको रुपमा उजुरी तथा गुनासो सुन्ने संरचना तयार पारेको छ । नेपालका विभिन्न स्थानमा ९३ वटा शाखा र ४५ हजार भन्दा धेरै अभिकर्ताहरुको सञ्जाल मार्फत जीवन बीमा व्यवसाय गरिरहेको छ । कम्पनीले हालसम्म ८ लाख ४ हजार वटा पोलिसी बिक्री गरिसकेको छ । आगामी दिनमा कम्पनीले आफ्नो सेवालाई अझ सरल, मर्यादित र विश्वसनीय बनाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS