काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से परिसूचक ३२ दशमलव ४१ अंकले घटेर २६३२ दशमलव २० अंकको विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक अन्य क्षेत्रहरुको उपसूचक राताम्मे भएको छ। आज दिनभरिमा २ सय १४ वटा कम्पनीको १ करोड ३७ लाख ८७ हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँको शेयर करोबार भएको छ।
आज सबैभन्दा धेरै निफ्राको शेयर कारोबार भएको छ। आज निफ्राका को २५ करोड ४५ लाख रुपैयाँको शेयर करोबार भएको छ । हिमाल दोलखा हाईड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, ज्योति लाइफका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
लिर्वर्टी इनर्जीका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएक छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले गुमाएका छन् ।