Connect IPS
IME Life

अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीको वार्षिक तलब भत्ता ३८ लाख ६० हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले वार्षिक तलब भत्ता बापत ३८ लाख ६० हजार ५०० रुपैयाँ बुझेका छन् । खत्रीले यस बाहेक सवारी साधन सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ । खत्रीले गत आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता बापत ३६ लाख ५० हजार रुपैयाँ बुझेका थिए ।

संचालक समितिको बैठक भत्ता बापत भने ४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै अन्य समितिको बैठक भत्ता बापत तीन लाख १३ हजार रुपैयाँ भुक्तानी भएको छ । उनिहरुले टेलिफोन मोबाइल पत्रपत्रिका खर्च बापत तीन लाख ८६ हजार रुपैयाँ बुझेका छन् । आज सम्पन्न साधारणसभाले सञ्चालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा बढाएको छ ।

Prabhu
Crest

सञ्चालक समितिको अध्यक्षको प्रति बैठक भत्ता ८ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ पुर्याइएको छ भने अन्य सञ्चालकहरुको प्रति बैठक भत्ता ७ हजार रुपैयाँबाट १० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै मासिक सुविधा बापत ७ हजार रुपैयाँबाट १० हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीको प्रवन्धक तथा व्यवस्थानका पदाधिकारिहरुले भने तलब भत्ता बापत ४ करोड १३ लाख रुपैयाँ बुझेका छन् ।

कम्पनीले मंगलबा तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नयाँ स्थापना भएका तीन कम्पनीहरु मध्ये सबैभन्दा राम्रो व्यवसाय गरिरहेको अजोडले चालु आर्थिक वर्षको ९ महिनाकै अवधिमा अर्ब भन्दा माथिको व्यवसाय गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS