Connect IPS
IME Life
Beema Board

चन्द्रागिरि हिल्स १८ करोड ११ लाख नोक्सानमा, ऋण दुई अर्ब ४४ करोड रुपैयाँ  

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चन्द्रागिरि हिल्स चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १८ करोड ११ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । गत आर्थिक वर्ष २०७६/७७ को यहि अवधिमा हिल्सको नोक्सान २ करोड १८ लाख रुपैयाँ मात्रै थियो ।

सञ्चालन आम्दानी ५७ दशमलब ७४ प्रतिशतले घट्दा नोक्सान थप चुलिएको हो । चैत मसान्तसम्ममा हिल्सले १७ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ४१ करोड २२ लाख रुपैयाँ थियो । कोभिड १९ का कारण पर्यटकको आवतजावत कम हुँदा हिल्सको आम्दानीमा भारि गिरावट आएको हो ।

Prabhu
Crest

आम्दानी सँगै खर्च पनि १३.६४ प्रतिशतले घटेको छ । यहि अवधिमा हिल्सको सञ्चालन खर्च तीन करोड २८ लाख रुपैयाँ छ । नोक्सान चुलिए सँगै हिल्सको प्रतिशेयर आम्दानी पनि ११ रुपैयाँले ऋणात्मक छ । हिल्सको जगेडा कोष ३२ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ । हिल्सले पुर्वाधारण तयार पार्न लिएको ऋण दुई अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ऋण चुक्ता नभएसम्म हिल्सले शेयरधनीहरुलाई लाभांस दिन सक्दैन ।

केहि समय अगाडि यहि ऋण घटाउन केहि जग्गा बिक्रीका लागि लिलाम आह्वान गरेको थियो । केहि ऋण जग्गा बिक्री गरेर भुक्तानी गर्ने छ भने बाँकी ऋण आम्दानी गरेर मात्रै तिर्नु पर्ने छ । कोभिड १९ को महामारीको प्रभाव कम नभएसम्म हिल्सको आम्दानीमा सुधार हुने संकेत देखिदैन ।

दोस्रो त्रैमासिक वित्तीय विवरण 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS