काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये १ हजार १५ जनामा पीसीआर र ८१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ।
आज २६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकामा थप ४३५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ३२६, ललिपुरका ६४ तथा भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।