काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्दै सो आर्थिक वर्षको मुनाफामध्येबाट शेयरधनीलाई ११ करोड ४१ लाख ८० हजार रुपैयाँ बोनश र सो मध्ये ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिए पछि कम्पनीले आगामी साधारणसभामा पेश गर्ने छ । साधारणसभाले लाभांस पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।