IME Life
GBIME

बीमा कम्पनीहरुले सञ्चालकको प्रतिफल भन्दा बीमितको बोनसदर बढाउन तर्फ सोच्नु पर्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । म बीमा समितिमा आउदै गर्दा यस क्षेत्रमा धेरै नै विसंगतीका कुराहरु पाइयो । सबैभन्दा पहिला बीमा कम्पनीहरुले विश्वासिलो वातावरण बनाउनु पर्यो । यसका लागि सबैभन्दा पहिलो उपाय सच्चिन समय दिने हो । साढे दुई महिनाको अवधिमा सबै बीमा कम्पनीहरुलाई एउटा बाटोमा हिडाउने प्रयास गर्यौ । कतिपय कम्पनीहरु अझै पनि हामीले भनेको बाटोमा हिडेका छैनन् ।

बजारमा एक किसिमको बुझाइ छ, कम्पनीले जे पनि गर्दा हुन्छ । हामीहरु कम्पनी ऐन अन्तर्गत स्थापना भएका हौ भन्ने बुझाइ छ । यो सबै बुझाइ सहि होइन । कम्पनीको आफ्नो अस्तित्व  छ । त्यसलाई बीमा समितिले पनि स्वीकार गर्छ । तर कम्पनीहरु बीमा कम्पनीको रुपमा आउदै गर्दा यसले पुरा गर्नु पर्ने दायित्वहरु, उसले बहन गर्नु पर्ने जिम्मेवारीहरु बाट उन्मुक्ति हुने ठाँउ हुँदैन । कतिपय बीमा कम्पनीले ५० प्रतिशत मात्रै टेरिरहेको अवस्था छ भने कतिय १०/२० प्रतिशत मात्रै टेरिरहेका छन् । अवको हाम्रो काम भनेको उनिहरुलाई न्युनतम ट्रयाकमा ल्याउनका लागि नियमन गर्ने हो ।

Crest

बीमा समिति नियमन मात्रै गर्न बसेको होइन । यदि कम्पनीहरुको स्वयं नियमनमा बस्ने हो भने बीमा समितिले आक्रामक रुपमा नियमन गर्न लाग्नु पर्दैन । तर यहाँ के देखियो भने, कम्पनीहरुले सर्वसाधारणको पैसालाई मनलाग्दी लगानी गरेको पाइयो । संस्थापक तथा सञ्चालकका पैसालाई कसरी धेरै प्रतिफल दिन सकिन्छ भनेर हेर्ने तर पोलिसी खरिदकर्ताहरुलाई कसरी धेरै बोनस दिन सकिन्छ भनेर हेर्ने पाटोमा जहिले पनि कमजोरी रह्यो । त्यो कमजोरी हटाउने प्रयास हाम्रो जहिले पनि हुन्छ । अहिले पनि प्रयास गरिरहेका छौ । हामीले एकपटक मात्रै करेक्सन गरेर मात्रै छाडिदिने होइन । उसले आफुलाई सच्यायो कि सच्याएन । उसले दोहोर्याएर गल्ति गरिरहेको छ कि भनेर हेर्नु पर्छ । हामी वार्षिक रुपमा क्यालेन्डर बनाएर कम्पनीलाई सहि दिशामा ल्याउने काममा लागि पर्छौ ।

हामीहरु कहाँ कहाँ जाने हो, कसरी जाने हो, अफ साइड हो कि इन साइड इन्सपेक्सनमा जाने हो, उनिहरुलाई कसरी नियन्त्रणमा राख्ने हो भनेर काम गर्छौ । यो वार्षिक क्यालेन्डर नै बनाएर अगाडि बढ्छौ । अर्को पार्टो भनेको यस क्षेत्रको विकास गर्ने हो ।

बीमा कम्पनीहरुले बढि भन्दा बढि ग्राहकहरु समक्ष पुगुन् । धेरै भन्दा धेरै बीमा पोलिसी बिक्री गर्न सकुन् । यसको फैलावट मुलुकको कुना काप्चासम्म पुगोस । बीमाको बजार विश्वासिलो बजार हो है भन्ने कुरालाई स्थापित गर्न सक्नु पर्यो । यसका लागि कम्पनी र समिति दुबैको क्षमता अभिबृद्धि गर्नु पर्छ ।

बीमा समितिको क्षमता बढाउनका लागि हामीले केहि समयदेखि सफ्टवेयरको विकास गरिरहेका छौ । एक डेड महिना भित्रमा त्यो सफ्टवेयर लन्च गरिसक्छौ । हामीले कार्यान्वयनमा ल्याउने त्यो सफ्टवेयरमा कम्पनीहरुलाई जोड्छौ । त्यस पछि कहाँ कहाँ के कुरा भैरहेको छ भन्ने कुरा हेर्न समितिलाई गाह्रो पर्ने छैन । धेरै हदसम्मका सूचनाहरु समितिको अफिसमै बसेर प्राप्त गर्न सक्छौ । अहिले सामान्य सूचना लिन पनि हामीले धेरै मिहिनेत गरिरहनु परेको छ भोलिका दिनमा त्यसो गरिरहनु पर्दैन ।

हामीले हर्ने अर्को पार्टो,  हामी सबै मान्छे हौ । मान्छेमा आ-आफ्ना विचार, प्रवृत्ती, तरिका हुन्छ । हामीले खोजेको कुरा के हो भने कम्पनीमा आइसके पछि सबैको एउटै तरिका हुनु पर्यो । हामी सबै जना खास उद्देश्यका लागि जम्मा भएका हौ । त्यो उद्देश्य प्रप्तिका लागि हामी सबैको सहकार्य हुनु पर्यो । त्यसैले हामीले विजनेश कल्चर बनाउनु पर्यो । मैले कम्पनीका लागि समय दिइरहेको छु भने मैले विजनेश गर्नु पर्छ । मैले ल्याएको विजनेश कस्तो ल्याइरहेको छु । कतै म समिति घेराभित्र रहेर मेरो कम्पनीले धेरै मुनाफा कमाउनु पर्यो, प्रमोटरलाई मात्रै प्रतिफल दिन सक्ने खालको काम त गरिरहेको छैन । त्यस्तो हुनु हुँदैन ।

अस्वस्थ प्रतिस्पर्धा नहोस् , सबै जना आचारसंहिता भित्र रहेर काम गरेका छन् कि छैनन् भनेर हेर्नु पर्छ । कर्मचारीले सयम समयमा तालिम पाए कि पाएनन् । उनिहरुका आवस्यकताको अध्ययन गरिरहेको छु कि छैन । यि यावत विषयहरु कम्पनीको हकमा पनि लागु हुन्छ र बीमा समितिको हकमा पनि लागु हुन्छ । त्यसैले हामी वार्षिक क्यालेन्डर बनाएर कहाँ कहाँ तालिम दिनु पर्छ, मैले मेरो कर्मचारीहरु माथि कसरी निगरानी गर्नु पर्छ, उनिहरुलाई कसरी आचारसंहिता भित्र राख्नु पर्छ । समितिका सबैले बोल्ने ?  निश्चित मान्छेले बोल्नु पर्छ । समितिको सबै सूचना बहिर जाने, सबैले फेसबुक चलाएर काम गर्ने ? भोलिका दिनमा ‍यो सबैमा कारबाहीका कुरा हुन्छन् । अहिले विस्तारै सम्झाउदै जाने हो ।

हामी महिनामा एक पटक कर्मचारी मिटिङ बस्छौ । यि सबै कुरा त्यहाँ पनि देखिन्छ । हामीले हाम्रो संस्कृतिलाई बनायौ भने पो बल्ल अरुको संस्कृतिलाई ठिक भएन भनेर भन्न सक्छौ । हामीले हाम्रो संस्कृति विगारिसके पछि  भोलि अरुले औला ठड्याउछन् ।

चाहे बीमा कम्पनी चाहे बीमा समिति व्यवस्थित हुनु पर्यो । जथाभावी कागज फ्याकेर खोज्दा कहाँ छ भनेर थाहा नपाउने अवस्था हुनु भएन । प्रत्येक कुराहरु व्यवस्थित हुनु पर्यो । व्यवस्थापकले सबै कुरा थाहा पाउनु पर्यो । उसले एउटा क्लिकमा थाहा पाउनु पर्यो । मेरो यो पाटोमा के छ अर्को पार्टोमा के छ भनेर थाहा हुनु पर्यो । त्यो अवस्थालाई हामीले कसरी बनाउन सक्छौ भन्नका लागि मैले धेरै पटक बीमक संघका साथिहरु सँग बसेर कुरा गरेको छु ।  मेरो जहिले पनि एउटै भनाइ के हो भनेर बीमा समिति व्यवस्थितिकरणका लागि पनि सहयोग गर्छ । भन्नुहोस तपाईहरुले के गर्नु पर्यो ? तपाईहरुको विकासमा पनि सहयोग गर्छ । बीमा समितिका अरु पनि काम छन् । तपाईहरुकै व्यवसाय बढाइदिने काम गर्ने हो । बीमा समितिले आफैले बीमा गर्ने होइन, त्यसका लागि हामीले काम गर्न सक्छौ । कोभिडले बाहिर जान नसके पनि स्थानीय निकाय मार्फत के के काम गर्न सकिन्छ गरौ । स्थानीय निकाय महासंघ, नगरपालिका महासंघ यि सबै जननिर्वाचित प्रतिनिधिका पनि प्रतिनिधि हुन् । यि प्रतिनिधिहरुलाई कम्तिमा पनि जानकारी दिनु पर्यो । कम्तिमा पनि उहाँहरु सँग अन्तर्क्रिया कार्यक्रम राखौ । हामी बसेकै वरिपरि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपलिका, भुक्तपुर उपमहानगरपालिका, ८/१० वटा नगरपालिका छन् । कम्तिमा पनि त्यसका प्रमुख, कार्यकारीहरुलाई बीमाको बारेमा जागरुक मात्रै गराउन सक्यौ भने धेरै ठुलो उपलब्धी हुन्छ ।

एक ठाउँमा दिएको जानकारी धेरै ठाउँमा फैलिएर जान्छ । यस वर्षदेखि हामीले बीमा सचेतनाका लागि विज्ञापनका कार्यक्रमहरु गर्दैछौ । बीमा गर्नु पर्छ, बीमाका फाइदाहरु यस्ता छन्, बीमा गर्ने तरिका, बीमा गर्ने प्रकृयाँहरुका बारेमा प्रवर्द्धन गर्छौ ।

बीमाको अध्ययन गराउने क्याम्पस तथा युनिभर्सिटीजका प्रोफेसरहरु सँग बसेर अन्तर्क्रिया गर्छौ । अर्थमन्त्रालयका सचिव तथा पूर्व सचिवहरु ज्यूहरु सँग बसेर छलफल कार्यक्रम गर्छौ । बाहिरबाट हेर्दा खेरि हामीले के के गरिरहेका छौ । हाम्रा के के कमजोरी छन् भनेर उहाँहरुले हामीलाई अवगत गराउनु हुन्छ । त्यस पछि हामीले हाम्रो ठाउँबाट करेक्सन गर्ने पर्ने ठाउँमा जाऔं ।

यसबाट हामी नियन्त्रणको पाटोमा मात्रै गयौ भन्ने होला तर होइन । अहिले हामी नियन्त्रणमा गएकै छैनौ । अहिले हामीले वेथितिलाई थितिमा ल्याउनु मात्रै खोजेका हौ । नियन्त्रणको पाटो वेग्लै हुन्छ । यदि तपाईहरुले आफ्नो कम्पनीलाई फाइदामा ल्याउने नियम भन्दा बाहिर गएर काम गर्न थाल्नु भयो, तपाईहरुले कुनै पनि निर्देशन नै पालना गर्नु भएन, कम्पनीका सञ्चालकहरुले बदमासी नै गर्न थाले, प्रमुख कार्यकारी भनेकै टेरेन त्यो अवस्था कारबाहिको अवस्था हो । त्यहाँ कडि कडाउ गर्ने हो । हामीलाई थाहा छ हाम्रोमा क्रस होल्डिङ छ भन्ने कुरा ।

लिमिट भन्दा माथिको शेयर लिएर बसेको छ । यो भन्दा यस विषयमा चर्चा चलेको थिएन । अव चर्चा चल्दै छ भने उहाँहरुलाई सचेत गराइएको हो । यो कानुन सम्बत छैन । हामीले निर्देशिका तयार पारेर स्वीकृत भएको छ । अव विस्तारै तपाईहरु नियम बमोजिम लिमिट भित्र आउनुहोस । यसका लागी समय दिनै पर्छ । बैंकहरुलाई पनि राष्ट्र बैंकले समय दिएको थियो । तपाईहरुको लगानीलाई सुरक्षित अवतरण गर्नुहोस् । तपाईको ठाउँमा पब्लिकलाई आउन दिनुहोस । त्यो पाटोमा पनि हामी जान्छौ । नेपाल राष्ट्र बैंकले पनि कुनै पनि कम्पनीमा १० प्रतिशत भन्दा धेरै लगानी गर्न पाइदैन भनेर निर्देशिका बनाएको छ । हाम्रोमा त यस्तो धेरै छ ।

संस्थागत सुशासनका लागि हामीले कम्पनीहरुलाई निरन्तर दवाव दिदै आएका छौ । हाम्रो दवावकै कारण कतिपय कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेका छन् भने कतिपयले प्रकृयाँ अगाडी बढाएका छन् । कुनै कुनै कम्पनीमा व्यक्तिवादी मोह देखिएको छ । आफुले चाहेको व्यक्ति हुन्छ भने राख्ने होइन भने नराख्ने भन्ने चोच त्याग्नु पर्यो । तपाईलाई कुनै व्यक्ति चाहिएको छ भने उसलाई सल्लाहकारमा ल्याउनु होस् । तर सिइओ भनेको कानुनी पद हो । कम्पनीको सम्पुर्ण जिम्मेवारी दिने पद हो । अवको एकडेड महिना भित्रमा सबै ठाउँमा सिइओको नियुक्ती हुनै पर्छ । भएन भने हामी कारबाहीमा जान्छौ । अटेर गर्न पाइदैन । त्यत्रो धेरै जिम्मेवार लिएर चलाउनु पर्नेपदलाई निमित्तको भरमा चलाउन पाउनु हुन्न । कतैबाट उजुरी तथा जानकारी पायौ भने त्यहि आधारमा निरिक्षण गरेर हिडिरहेका छौ । यि सबै पाटाहरु भनेका पहिला सबै नकेलाइएको । नकेलाउदा जे गर्दा पनि हुन्छ भन्ने मनस्थितिमा बसेको थियो । अव त्यो हुँदैन ।

अन्त्यमा नयाँ वर्ष २०७८ को उपलक्ष्यमा बीमित, बीमा कम्पनी, बीमा समिति तथा कम्पनीका कर्मचारी, लगानीकर्ता लगायत सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS