IME Life

अन्डर राइटिङमा भएको गल्तीको सजाय बीमितले पाउनुहुँदैन, अध्यक्ष सूर्य सिलवालको विचार

SPIL
NIC ASIA

काठमाडौं । कम्पनी चलाइसकेपछि हाम्रो केही दायित्वहरु हुन्छ । त्यो दायित्वहरुलाई मध्यनजर गर्दै आफ्नो सेवाहरुलाई विस्तार गर्दै जानु पर्छ । कुनै पनि कम्पनीहरु सेवा ‘च्यारिटी’ गर्न मात्रै आएका होइनन् । मुनाफा पनि गर्न आएका हुन् । त्यो सँगसँगै हाम्रो देशको प्राथमिकताका क्षेत्रलाई पनि समेट्दै गयौ भने भोलिका दिनमा यो विशाल हुँदै जान्छ । त्यस पछि कतै पनि घाटा लाग्ने देखिदैन साथै प्रिमियम तिर्दैन भन्ने चिन्ता पनि हुँदैन ।

बीमाका लागि २० प्रतिशत केन्द्रिय सरकार र ८० प्रतिशत प्रादेशीक सरकारले सहयोग गर्ने हो भने कुनै पनि समस्या हुँदैन । समस्या छ त हाम्रा मान्छेहरु जसलाई हामीले जिल्ला र प्रदेशमा राखेका छौं, उनीहरुको सरकार सँग कुनै पहुँच नै भएन । त्याहाँ प्रादेशिक कृषि मन्त्रालय जानुपर्यो । त्यहाँको प्रमुखहरुलाई भेट्नुपर्यो, समस्याको बारेमा बुझ्नुपर्यो । कसरी पैसा आउँछ भन्ने कुरा बुझ्नुपर्यो अनि पोलिसि इस्यु गर्नुपर्यो । त्यसतर्फ कुनै पनि कम्पनीले ध्यान दिएको देखिदैन । सुदुपश्चिमको सरकार बीमाबारे धेरै नै सकारात्मक छ । हामीले नेतृत्व गर्दै हामीले दिने सेवा र सुविधाको बारेमा जानकारी दिन दिन सक्नुपर्यो । त्यसबाट हुन सक्ने फाइदाको विषयमा हामीले कुरा गर्नुपर्यो ।

Prabhu
Crest

समितिले गाली पनि गर्छ, क्रिटिसाइज पनि गर्नुपर्छ । यो समितिको धर्म पनि हो । पुरस्कार दिन्छ भने दण्ड पनि दिनुपर्छ । केहीलाई हामीले दण्डित पनि गर्यौ ।

समितिले गाली पनि गर्छ, क्रिटिसाइज पनि गर्नुपर्छ । यो समितिको धर्म पनि हो । पुरस्कार दिन्छ भने दण्ड पनि दिनुपर्छ । केहीलाई हामीले दण्डित पनि गर्यौ । हाम्रो प्राथमिक कार्य के हो भन्ने कुरा बुझ्नुपर्यो । पब्लिकले हामीमाथि कस्तो सोच राख्छ भन्ने पनि बुझनुपर्छ । आफ्नो मनोगत रुपमा जे मन लाग्छ त्यमो गर्छु भन्न मिल्दैन । त्यो भन्ने हो भने प्राइभेट कम्पनी खोलेर बस्नुपर्यो । बीमा समितिको इजाजत लिएर चलाएको कम्पनीले बीमा समितिको हरेक कुरा पालना गर्नुपर्छ । सकिदैन भने अरु अरु खालको कम्पनीमा जानुपर्छ, जहाँ बीमा समितिको कुनै पहुँच लाग्दैन ।

बीमा समितिले चार वटा पाटोबाट रेखदेख गर्छ । पहिलो, कम्पनीको विकास कसरी हुन्छ, व्यवस्थापन कसरी गर्न सकिन्छ, कसरी कानुनको आधारमा चलाउन सकिन्छ र अन्तमा नियमबस नचल्ने कम्पनीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे बीमा समितिले काम गरिरहेको हुन्छ । नियन्त्रणकै भरमा नेतृत्व गरिरहेका छैनौं । हामीले विकासका कार्य पनि गरिरहेका छौं । रिभिजन कम्पनीहरुले गर्नुपर्छ । व्यवस्था गरेको कानुनमा कम्पनीहरुको कर्मचारीले सन्तुष्टि जनाएकी जनाएनन् ? त्यत्तिले पुग्यो कि पुगेन ? क्लेम सेटलमेन्ट कानुन सम्वद छ कि छैन ? आधार र प्रमाण पग्यो कि पुगेन । कृषिको बीमाको पैसा कति हुन्छ, पशु बीमाको पैसा कति आउँछ ? त्यसकारण यो पाटोहरुमा हाम्रो ध्यान जानुपर्छ । अब गर्नुपर्ने कुरा धेरै छ । हामीले पत्र मार्फत पनि गरिरहेका छौं ।

हाम्रो अन्डर राइटिङमा भएको गल्तीको सजाय बीमितले पाउनुहुँदैन । हाम्रो बोर्डले गरेका फैसलाहरु हेर्नुस् । त्यसैले तपाईको अन्डरराइटिङ एकदमै क्लियर कट हुनु पर्दछ । बीमितले क्लियर बुझ्नुपर्यो ।

हाम्रो अन्डर राइटिङमा भएको गल्तीको सजाय बीमितले पाउनुहुँदैन । हाम्रो बोर्डले गरेका फैसलाहरु हेर्नुस् । त्यसैले तपाईको अन्डरराइटिङ एकदमै क्लियर कट हुनु पर्दछ । बीमितले क्लियर बुझ्नुपर्यो । उसले कतिखेर पाउँछ कतिखेर पाउँदैन । तपाइहरुले बीमितको दाबी रोक्न मिल्दैन । किनभने त्यो उजुरी पर्छ, उजुरी परेपछि हामीले तपाईहरुको विरुद्धमा फैसला गर्छौं । त्यसको एउटा कारण के पनि हो भने उसलाई हामीले राम्रोसँग कन्भिन्स गराएर पोलिसि बिक्रि गराएका छैनौं । पोलिसिको बारेमा राम्रो ब्रिफ छैन । हामीले विदेशीनुको लागि मात्रै पोलिसि बिक्रि गर्यौ भन्ने सुन्नमा आएको छ । त्यसकारण त्यो पाटोमा अलिकति ध्यान दिनुपर्ने देखिन्छ ।

कम्पनीले आफ्नो सबै कम्पनीको कुरालाई हेर्नुपर्ने हुन्छ । सबैभन्दा ठूलो कुरा त सुशासन हो । अहिले बजारमा योग्यताको कुरा उठेको छ । हामी समक्ष उजुरी आएपछि हामीले छानबिनलाई अघि सारेका छौं । कानुनले हामीलाई भनेजती सबै कुराहरु हामीसँग अभिलेखको रुपमा बस्नुपर्छ । हामीले फलो गर्ने प्रोसिडर हुनुपर्छ । हरेक मेजर कुराहरुमा सञ्चालक समितिलाई तपाईहरुले सचेत गराउनुपर्छ । सञ्चालक समितिले पोलिसिको कुरामा बुझ्नुपर्छ । कम्पनीले ल्याएको पोलिसि किन आउँदैछ, कसरी आउँदैछ, यसको फाइदा के हो भन्नेबारे सबैले जानकारी राख्नुपर्छ ।

प्रमुख कार्यकारी भनेकै सम्पूर्ण प्रशासनिक काम गर्ने व्यक्ति हो । एकपटक बोर्डले बनाएको कानुन अन्य व्यवस्था नभएसम्म त्यो कानुनलाई मान्नुपर्छ । त्यो कानुन भनेको बोर्डले बनाएर दिएको हो । त्यो कानुनमा पुर्ण रुपमा चल्ने अधिकार कम्पनीको सिइओसँग हुन्छ । उसको त्यो अधिकारमा हस्तक्षेप गर्न हुँदैन । उसले त्यो अधिकारको राम्रो अभ्यास गर्यो कि गरेन भन्ने कुरा बीमा समितिले हेर्छ ।

सञ्चालक समितिका अध्यक्ष र समितिका सदस्यहरुलाई पनि बीमा समितिले सचेत गर्नुपर्ने हुन्छ । उनीहरुको पनि जिम्मेवारी छ बोर्डमा आएर जे सोध्यो त्यही मात्र गरेर हिँड्ने होइन । कम्पनीमा के हुँदैछ भन्ने कुरा समिक्षा गर्नुपर्छ ।

सञ्चालक समितिका अध्यक्ष र समितिका सदस्यहरुलाई पनि बीमा समितिले सचेत गर्नुपर्ने हुन्छ । उनीहरुको पनि जिम्मेवारी छ बोर्डमा आएर जे सोध्यो त्यही मात्र गरेर हिँड्ने होइन । कम्पनीमा के हुँदैछ भन्ने कुरा समिक्षा गर्नुपर्छ । कानुन, शुसासन, लेखा परिक्षणको पाटोमा के भइरहेको छ ? कम्पनीको दाबी प्रक्रियामा के समस्या छ ? यस्ता कुरालाई समिक्षा गर्न आवश्यक छ । कम्पनीमा सबैभन्दा ठूलो दायित्व सिइओको हुन्छ । हरेक इभेन्टको जिम्मा उसले लिनुपर्छ । त्यसकारण त्यो पाटोबाट सिइओ पनि सक्षम हुनुपर्छ । नेपालमा बीमा कम्पनीहरु धेरै भयो भन्ने कुरा आइरहेको छ । कुनै समय समितिले मर्जरको कुरा उठान गरेको थियो । यो कुरालाई कम्पनीले मनन गरोस्, सहयोगका लागि बीमा समिति सदैव तत्पर रहेको छ ।

(आइएमई जनरल इन्स्योरेन्सले आयोजना गरेको एक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिएको मन्तव्यमा आधारित ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS