काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको संचालक पदमा नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट प्रेम उपाध्याय मनोनय भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थानको समन्वय महाशाखाको चैत २४ गते जारी पत्र अनुसार नेपाल सरकारको अर्थ मन्त्रमलयको तर्फबाट उपाध्याय संचालक सदस्यमा मनोनयन गरेको जनाएकोे छ ।
संचालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै चैत ३१ गते उनलाई संचालक पदमा स्वागत गरेको जनाएको छ ।