काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको सातौं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । उक्त सभा कम्पनीको चैत २९ गते बसेको सञचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले सभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा बैशाख १५ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।