IME Life

चलचित्र निर्देशकहरुको दुर्घटना बीमा एनएलजी इन्स्योरेन्समा, ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा

SPIL
NIC ASIA

काठमाडौं । नेपालका १ हजार भन्दा बढि चलचित्रका  निर्देशकहरुले दुर्घटना बीमा सुविधा पाउने भएका छन् । चलचित्र क्षेत्रमा जोखिम बढ्ने क्रम बढ्दै गएपछि नेपाल चलचित्र निर्देशक समाज र एनएलजी इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी उक्त सम्झौता भएको हो ।

उक्त सामूहिक दुघर्टना सम्बन्धी सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनीका कर्पोरेट बिजनेश हेड अन्जन ढकाल र नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणाले हस्ताक्षर गरेका हुन् । सम्झैता गरेसँगै नेपाल चलचित्र निर्देशक समाजको नेतृत्वमा सो संस्थामा आबद्ध सबै निर्देशकहरुलाई दुर्घटना बीमा सुविधा पाउने भएका छन्।

Prabhu
Crest

सम्झौता अनुसार नेपाल चलचित्र निर्देशक समाजमा आबद्ध निर्देशकहरुले ७ लाख रुपैयाँ सम्मको सामूहिक रुपमा दुर्घटना बीमा सुविधा पाउने छन् ।

चलचित्र निर्देशकहरु सुटिङको दौरानमा दैनिक जसो विभिन्न यात्राहरु गर्नुपर्ने हुँदा सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्न सम्झौता गरिएको चलचित्र निर्देशक समाजले जनाएको छ । नेपाली चलचित्र क्षेत्रका निर्देशकहरुसँगको सहकार्यले बीमा सम्बन्धी जनचेतना अझै बृद्धि हुने एनएलजी इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS