IME Life

स्वास्थ्य बीमा कार्यक्रम नागरिक एपमा हेर्न मिल्ने, स्वास्थ्य बीमा दिवसको अवसरमा एसएमएस सेवाको घोषणा

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आज पाचौं स्वास्थ्य बीमा दिवसको अवसरमा ५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गर्दैछ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्न बाँकी रहेका जिल्लामध्ये काठमाडौं र ललितपुर बाहेक सबैमा पुग्ने भएको हो ।

स्वास्थ्य बीमा दिवसको अवसरमा बोर्डले नागरिक एप मार्फत स्वास्थ्य बीमा कार्यक्रम हेर्न तथा डाउनलोड गर्न मिल्ने बताएको छ । यसै अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले मोवाइल एसएमएस सेवाको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

Prabhu
Crest

पाचौं स्वास्थ्य बीमा दिवसको अवसरमा बोर्डलको जिल्लास्थित आफ्ना कार्यालयहरुमा दिपावली, अन्तर्क्रिया तथा प्रभातफेरी लगायतका गतिविधि गरी बीमा दिवस मनाउने भएको छ ।

२०७२ साल चैत्र २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम विधिवत रुपमा शुरु भएको थियो । पहिलो चरणमा कैलाली, बाग्लुङ र इलाम बाट शुरु भएको स्वास्थ बीमा कार्यक्रम यस आर्थिक बर्षको फागुन मसान्तसम्ममा  ६९ जिल्लामा विस्तार भएको छ ।

बोर्डले आज एकै पटक ताप्लेजुङ,  दोलखा,  बारा,  सर्लाही,  मनाङ र मुस्ताङमा एकै दिन स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने भएको हो । यस सँगै स्वास्थ्य बीमाको पहुँच ७५ वटा जिल्लामा पुग्ने छ । बाँकी रहेको २ जिल्ला काठमाडौं र भक्तपुरमा पनि यसै आर्थिक बर्ष भित्र विस्तार गर्ने बोर्डको लक्ष्य छ ।

“स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागिः स्वास्थ्य बीमा” भन्ने नाराका साथ काठमाडौं र ललितपुर बाहेकका बाँकी ६ वटा जिल्लाहरुमा भर्चुअल माध्यमबाट स्वास्थ्य बीमा सदस्यता दर्ता गरेर शुभारम्भ हुनेछ । बीमीतहरुलाई नागरिक एपमा स्वास्थ्य बीमा कार्यक्रमको आवदता र मोबाईल एस.एम.एस सेवा समेतको घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङख्या मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

आजै बोर्डले ‘स्वस्थ विश्वको लागिः समतामूलक स्वास्थ्य सेवा’ भन्ने नारा सहित स्वास्थ्य दिवस मनाइदै छ । यसबाट नागरिकको गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने बोर्डको उद्देश्यमा थप टेवा पुग्ने छ भने राज्यले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्न समेत योगदान पुग्ने बोर्डले जनाएको छ ।

हालसम्म बोर्डले ३७ लाख ४२ हजार ६५६ नागरिकको स्वास्थ्य बीमा गराईसकेको छ । कुल बीमित परिवारको संख्या भने ११ लाख २६ हजार ८१ पुगेको बोर्डले जनाएको छ । कुल बीमित मध्ये ३३ दशमलब ९१ प्रतिशतले सेवा लिएका छन् । हालसम्म ६७३ वटा स्थानीय निकायमा आफ्नो सेवा विस्तार गरेको छ । बीमा नविकरण गर्ने दर भने ७० प्रतिशत रहेको छ । जस मध्ये अति गरिव बीमितको संख्या भने ४ लाख ६० हजार ७७६ जना रहेका छन् ।

कूल बीमित परिवार भने ११ लाख २६ हजार ८१ जना रहेका छन् । हालसम्म ६७३ स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार भएको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS