Connect IPS
IME Life

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा सर्वसम्मत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीका सञ्चालक तथा निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका राजेन्द्र मल्ल नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा सर्वसम्मत हुने भएका छन् । आज भएको मनोनयनमा मल्ल सहित सम्पुर्ण पदाधिकारीका लागि सर्वसम्मत उमेद्धारी परेको छ ।

हाल चेम्बरको बरिष्ठ उपाध्यक्ष रहेका मल्ल आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुने भएका हुन् । निर्वाचन कार्यतालिका अनुसार आज पदाधिकारी मनोनयन गर्ने दिन हो । सबै पदमा सर्वसम्मत भए सँगै मल्ल अध्यक्ष भएको घोषणा भने आगामी चैत २८ गते मात्रै हुने छ ।

Prabhu
Crest

मल्ल नेपाल चीन चेम्बर अफ कमर्सका महासचिव भैइसकेका छन् । मनाङ एयर र प्रभु इन्स्योरेन्सका संचालक मल्ल भक्तपुर इँटा टायल कारखाना र कान्तिपुर इन्जिनियरिङ कलेजका पनि सञ्चालक हुन् । ५५ जनाको कार्यसमितिमा बाणिज्य क्षेत्रबाट १५ जना, उद्योग क्षेत्रबाट ९ जना, जिल्ला चेम्बर अफ कमर्सबाट १५ जना, चेम्बर अफ कमर्सबाट एक जना, बस्तुगत संघबाट ९ जना, संस्थागत उद्योग बाणिज्य संघबाट तीन जना र आवद्ध संघबाट तीन जना गरी ५५ जना छानिने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS