IME Life

प्रिमियर इन्स्योरेन्सका सिइओ तिमिलाले एकमुष्ट बुझे ६९ लाख ८९ हजार रुपैयाँको तलब सहित अन्य सुविधा

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले वार्षिक तलब भत्ता तथा अन्य विविध सुविधा बापत वार्षिक ६९ लाख ८९ हजार रुपैयाँ बुझेका छन् । उनले तलब भत्ता मात्रै ४७ लाख ६१ हजार रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार नाफाबाट २२ लाख १६ हजार रुपैयाँ कर्मचारी बोनस प्राप्त गरेका छन् ।

कम्पनीका अनुसार गत आर्थिक वर्षमा सइओको तलब भत्ता तथा अन्य सुविधा बापतको खर्च भने घटेको छ । गत आर्थिक वर्षमा सिइओका लागि एकमुष्ट ६९ लाख ८९ हजार खर्च भएकोमा अघिल्लो आर्थिक वर्षमा ७० लाख ८४ हजार रुपैयाँ खर्च भएको थियो ।

Prabhu
Crest

त्यस्तै कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले एक करोड १० लाख रुपैयाँ प्राप्त गरेका छन् । उच्च व्यवस्थापनमा तिमिला बाहेक १० जना कर्मचारी रहेका छन् । उक्त रकम १० जनाले प्राप्त गरेका हुन् ।

संचालक समितिले बैठक भत्ता बापत १० लाख ५४ हजार रुपैयाँ बुझेका छन् । संचालक समितिको बैठक बाहेक अन्य विभिन्न समितिको बैठक हुँदा ७ लाख २८ हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । प्रमुख कार्यकारी तथा उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले कम्पनीको नियमावली अनुसार कर्मचारी संचय कोष, उपदान, दशै खर्च, औषधोपचार खर्च, संचित विदा खर्च, बोनस, अन्य भत्ता सवारी तथा इन्धन सूविधा पाउछन् ।

गत आर्थिक वर्ष २०७६/७७ मा कर्मचारीका लागि तलब भत्ता तथा अन्य विविध सुविधा दिए बापत २२ करोड १३ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ । गत वर्ष सम्पुर्ण कर्मचारीहरुको लागि ६ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारीले तलब सँग सँगै ४ करोड ८६ लाख रुपैयाँ बोनस रकम प्राप्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS