काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ। कम्पनीले जुम मार्फत उक्त कार्यक्रम संचालन गर्ने जनाएको छ।
कम्पनीले न्यूनतम एसएलसी/एस. इ.इ वा सो सरह परीक्षा उत्तीर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाको प्रतिनिधिहरुलाई नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, पासर्पोट साइजको फोटो ४ प्रति फोटो कम्पनीको इमेलमा चैत्र ३१ गतेसम्ममा उपल्बध गराउन आग्रह गरेको छ ।
साथै कम्पनीले अभिकर्ता इजाजत पत्रको लागि ५ सय रुपैयाँ ग्लोबल आइएमई बैंकको डिल्लीबजारमा खाता नं K801010000010 मा जम्मा गराई कार्यक्रम उपस्थित हुने समयमा उक्त भौचर उपल्बध गराउन आग्रह गरेको छ ।